मंगलबार, मंसिर ११ गते २०८१

परिचय पाटी शुल्क बुझाउन काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

परिचय पाटी शुल्क बुझाउन काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

अखबार दैनिक
शुक्रबार, असोज ७ २०७९
  • परिचय पाटी शुल्क बुझाउन काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

    असोज ७ काठमाडौं । काठमाडौं महानगरपालिकाले परिचय पाटी शुल्क बुझाउन व्यवसायी र संघसंस्थालाई ३० दिनको समय दिएको छ । महानगरले सूचना जारी गर्दै केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै  ३० दिनभित्र बुझाउन अल्टिमेटम दिएको हो ।

    images


    ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय  खुल्ने  नाम  भएको)  राखेबापत  महानगरपालिकालाई  बुझाउन  पर्ने  परिचय  पाटी  शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ । 

    सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी  महानगरपालिकाले  तत्काल  हटाउने महानगरले भनेको छ । 

    ktm_m_hhakxlqy49.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार