मंगलबार, मंसिर ११ गते २०८१

वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

अखबार दैनिक
बिहीबार , असोज ६ २०७९
  • वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

    असोज ६ काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको हो। अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

    images

    फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ। वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।


    मेयर बालेन शाहको सचिवालयका एक सदस्य, कुमार व्यञ्जनकारले नक्सामा पार्क बनाउने भने पनि ती जग्गामा फार्मेसी चलाएको पाइएकोले हटाइएको जानकारी दिए । अहिले जुन ठाउँमा ‌औषधि पसल राखिएको छ। त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ,’ उनले भने।

    यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो। वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको उनले बताए । अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार