असोज ६ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्व–जवाफदेही बनाउने योजना अघि सारेको छ ।
शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको शिक्षाको सोचपत्र–२०७९ मा उक्त योजना उल्लेख छ । त्यसैगरी मन्त्रालयले शिक्षकलाई कक्षाकोठा व्यवस्थापन र प्रविधि प्रयोगसम्बन्धी तालिन दिने पनि उल्लेख गरेको छ ।
अनुभवी र दक्ष शिक्षकलाई सहयोगी शिक्षकको रूपमा जिम्मेवारी प्रदान गरी शैक्षणिक सहयोग र परामर्शको व्यवस्था गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।
मन्त्रालयले सबैका लागि शिक्षा (२०००–२०३०), सहस्राब्दी विकास लक्ष्य (२०००–२०१५) तथा दीगो विकास लक्ष्य (२०१५–२०३०) भनी विद्यालय शिक्षालाई जोड दिएको छ ।