मंगलबार, मंसिर ११ गते २०८१

वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल खाली गर्न दिउँसो १ बजेसम्मको समय

वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल खाली गर्न दिउँसो १ बजेसम्मको समय

अखबार दैनिक
बिहीबार , असोज ६ २०७९
  • वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल खाली गर्न दिउँसो १ बजेसम्मको समय

    असोज ६ काठमाडौं । काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ। काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

    images


    महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताउनुभएको छ । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत  रहेका औषधि पसल हटाइने उहाँले बताउनुभयो । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन  खोजेको थियो ।

    प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन  लागेको जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार