मंगलबार, वैशाख १८ गते २०८१

चीनमा नयाँ भाइरसको संक्रमण, सजग रहन आग्रह

चीनमा नयाँ भाइरसको संक्रमण, सजग रहन आग्रह

अखबार दैनिक
बिहीबार , साउन २६ २०७९
  • चीनमा नयाँ भाइरसको संक्रमण, सजग रहन आग्रह

    २६ साउन, काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ ।

    images

    ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो ।

    यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ । न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ ।

    अनुसन्धानकर्ता मध्येका एक वाङ लिफाले चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग कुरा गर्दै यो भाइरस घातक नभए पनि यसप्रति सजग रहँदै नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ