बिहीबार , वैशाख २७ गते २०८१

काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

अखबार दैनिक
मंगलबार, साउन २४ २०७९
  • काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

    २४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् ।

    images

    काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।

    फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: समस्या देखिएको छ ।

    स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुन: स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार