शनिबार, वैशाख २२ गते २०८१

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

अखबार दैनिक
बिहीबार , साउन १९ २०७९
  • नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

    ९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।

    images

    निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक अघिल्लो कात्तिकमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

    निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएका थिए । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उनी काममा फर्किएका थिए ।

    निवर्तमान पर्यटन मन्त्री प्रेम आलेसँगको विवादका कारण अधिकारीले पद गुमाउनु परेको हो । यसबीचमा उनले निगमको दुरावस्था पार लगाउने गरी कुनै पनि काम गर्न सकेनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार