काठमाडौं, २० चैत । तत्कालीन एमालेका १४ सांसदविरुद्धको रिटमा आज सुनुवाई हुने भएको छ। माधवकुमार नेपालसहित १४ सांसद विरुद्धको रिटको पेशी आज तोकिएको हो। उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ।
एमालेले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले तत्काल सूचना टाँस नगरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा पटकपटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको छैन।