सोमबार, जेठ ७ गते २०८१

पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : केपी ओली

पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : केपी ओली

अखबार दैनिक
शुक्रबार, मंसिर २४ २०७८
  • पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् । ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरेका छन । शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
    ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीको भनाइ छ ।
    उनले अरु पार्टीलाई पानीका फोकाको संज्ञा समेत दिएका छन । ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी समेत गरेका छन ।
    उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताएका छन । भने, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीको भनाइ छ । उक्त कार्यक्रमपछि ओली काँग्रेसको महाधिवेशनमा सहभागी हुँदैछन् ।

    images

     

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार