बिहीबार , असोज ३ गते २०८१

सात कम्पनीको तीन अर्ब ८ करोडको हकप्रद शेयर आउँदै

सात कम्पनीको तीन अर्ब ८ करोडको हकप्रद शेयर आउँदै

अखबार दैनिक
बुधबार, मंसिर २२ २०७८
  • सात कम्पनीको तीन अर्ब ८ करोडको हकप्रद शेयर आउँदै

    २ मंसिर, काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि अवरुद्ध प्रक्रिया खुला भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा हकप्रद शेयर, साधारण शेयर लगायतको निष्काशन प्रक्रिया अवरुद्ध भएको थियो । सञ्चालक समितिबाट निर्णय गराएर हकप्रद निष्काशन गर्न मिल्ने कानून भएकाले बोर्डले हप्रकद निष्काशन भने गर्न थालेको छ । साधारण शेयर (आईपीओ) भने अझै निष्काशन हुन सकेको छैन ।

    images

    बोर्डकी नायव प्रमुख कार्यकारी अधिकृत दीपा दाहालले हकप्रद निष्काशन भइरहेको र आईपीओ पनि अब निष्काशन खुला गर्ने तयारी भएको बताइन् ।

    १६ भदौमा तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई भित्री सूचनाको आधारमा कारोबार भएको अभियोगमा सरकारले निलम्बन गरी छानवीन शुरु गरेको थियो । छानवीन समितिको सिफारिसमा बोर्ड अध्यक्षलाई बर्खास्त गरी नयाँ अध्यक्ष्ँ नियुक्ति प्रक्रिया थालेको सरकारले अझै नियुक्त गर्न भने सकेको छैन ।

    चाडै नयाँ अध्यक्ष आइहाल्ने भन्दै बोर्डले प्रक्रिया अघि बढाएको थिएन । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा छनोट समिति बनाए पनि अहिले छनोटको काम रोकिएको छ ।

    अध्यक्ष नियुक्तिका लागि गरिएका सबै प्रक्रिया रद्द गरी पुनः अर्को समिति बनाएर काम अघि बढाउने सरकारी तयारी छ । नयाँ अध्यक्ष नियुक्ति गर्न ढिलाइ भएपछि बोर्डले सञ्चालक समितिबाट निर्णय गराएर शेयर निष्काशनको काम अघि बढाउने तयारी गरेको हो ।

    अहिले बोर्डमा ३ अर्ब ८ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनका लागि पाइपलाइन्मा छन् । हकप्रद शेयर निष्काशनका लागि अपी पावर कम्पनी तयारी अवस्थामा छ । १ करोड ८ लाख ८० हजार कित्ता अर्थात १ अर्ब ८ करोड ६० लाख रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमतिको पर्खाइमा छ ।

    उता नेपाल फाइनान्सले पनि ३४ लाख ५४ हजार ४७४ कित्ता अर्थात ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रुपैयाँको हकप्रद निष्काशनका लागि अनुमतिको पर्खाइमा छ ।

    कुन कुन कम्पनीले कति हकप्रद जारी गर्दैछन्  ?

    सि.नं.    कम्पनीको नाम    कित्ता    रुकम (रु.)   
    अपी पावर कम्पनी १,०८,८०,००० १ अर्ब ८ करोड ६० लाख
    नेपाल फाइनान्स ३४,५४,४७४ ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७
    छ्याङ्दी हाइड्रोपावर ८,९३,०२५ ८ करोड ९३ लाख २ हजार ५ सय
    समृद्धि फाइनान्स २७,२९,७०५ २७ करोड २९ लाख ७० हजार ५ सय
    कर्पोरेट डेभलपमेन्ट बैंक ३०,००,००० ३० करोड
    शिखर इस्योरेन्स कम्पनी ५२,७५,५७२ ५२ करोड ७५ लाख ५७ हजार २ सय
    आइएमई जनरल इन्स्यारेन्स ४६,३०,३४४ ४६ करोड ३० लाख ३४ हजार ४ सय
      जम्मा ३,०८,४३,१२० ३ अर्ब ८ करोड ५३ लाख १२ हजार

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ