नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । बैंकले यसअघिको ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’ को नाम परिवर्तन गर्दै ‘मौद्रिक व्यवस्थापन विभाग’ नामकरण गरेको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले गत भदौ ३० गते बसेको संचालक समितिको बैठकले विभागको नाम परिवर्तन गरेको जानकारी दिएको छ ।
बैंकको मौद्रिक तथा विदेशी विनिमय नीति समूह अन्तर्गत पर्ने यस विभागले नेपाल सरकारको राजस्व, कर तथा ऋण व्यवस्थापन सम्बन्धी काम गर्ने गर्छ ।