शुक्रबार, वैशाख २१ गते २०८१

भीष्म ढुंगाना बर्खास्त गर्ने तयारी, सर्वोत्तमको गोल्डेन सेयर लिएको प्रमाणीत

भीष्म ढुंगाना बर्खास्त गर्ने तयारी, सर्वोत्तमको गोल्डेन सेयर लिएको प्रमाणीत

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • भीष्म ढुंगाना बर्खास्त गर्ने तयारी, सर्वोत्तमको गोल्डेन सेयर लिएको प्रमाणीत

    काठमाडौँ, १२ असोज। धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी सुरु गरेको छ । उनले सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्ने प्रक्रिया सुरु भएकै बेला सो कम्पनीको सेयर गैरकानूनी रुपमा लिएको प्रामाणित भएको छ।

    images

    अर्थ मन्त्रालयले एक उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा गठन गरेको छानबिन तथा सुझाव समितिले सर्वोत्तम सिमेन्टको सेयर गैरकानूनी ढंगले खरीद गरेको(गोल्डेन सेयरको रुपमा लिएको) प्रकरणमा बोर्ड अध्यक्ष ढुंगानालाई दोषी देखाएसँगै सरकारले उनलाई बर्खास्त गर्ने तयारी थालेको हो ।

    सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्ने प्रक्रिया सुरु भएकै बेला सो कम्पनीको सेयर गैरकानूनी रुपमा लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी सुरु गरेको छ ।

    अर्थ मन्त्रालयले एक उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा गठन गरेको छानबिन तथा सुझाव समितिले सर्वोत्तम सिमेन्टको सेयर गैरकानूनी ढंगले खरीद गरेको(गोल्डेन सेयरको रुपमा लिएको) प्रकरणमा बोर्ड अध्यक्ष ढुंगानालाई दोषी देखाएसँगै सरकारले उनलाई बर्खास्त गर्ने तयारी थालेको हो । अर्थस्थित स्रोतले भन्यो-‘ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्नका लागि मात्र स्पष्टीकरण सोध्ने निर्णय भएको हो । यो भनेको उनलाई बर्खास्त गर्ने तयारी थालिएको रुपमा बुझ्दा हुन्छ ।’

    ढुंगानाले अमेरिकामा रहेकी आफ्नी छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङको प्रक्रियाबाट आइपीओ निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरीद गरी नैतिकहीन र गैरकानूनी काम गरेका विषय बाहिरिएसँगै यसमाथि छानबिन भएको थियो । अर्थ मन्त्रालयले उनलाई निलम्बन गरी छानबिनलाई अगाडि बढाएको थियो । छोरी रेविकाको नाममा सेयर खरीद गरेको भनिए पनि बुक बिल्डिङमा निश्कासनकर्ता कम्पनीसँग मिलेर बढी प्रिमियम मूल्य कायम गराइदिने शर्तमा उनले गोल्डेन सेयरको रुपमा ती सेयर लिएको समेत छानबिनको क्रममा देखिएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार