बिहीबार , वैशाख २७ गते २०८१

ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

अखबार दैनिक
मंगलबार, भदौ १५ २०७८
  • ओरालो लाग्यो सेयर बजार

    सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झरेको छ । आज मंगलबार नेप्से परिसूचक एकैदिन ६९.०५ अंकले घट्दै २९ सय ७५.८४ विन्दुमा झरेको हो । 

    images

    अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । 

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.३४ अंकले घट्दै ५५०.५२ विन्दुमा झर्न पुगेको छ । 

    यस दिन सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अंकले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन । 

    नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार