मंगलबार, मंसिर ११ गते २०८१

राज्यले उपेक्षित गरेको भन्दै रेष्टुराँ तथा क्यासीनो मजदुर संघले बुझायो प्रदेश सरकारलाई ज्ञापन पत्र

राज्यले उपेक्षित गरेको भन्दै रेष्टुराँ तथा क्यासीनो मजदुर संघले बुझायो प्रदेश सरकारलाई ज्ञापन पत्र

अखबार दैनिक
बिहीबार , साउन २८ २०७८
  • राज्यले उपेक्षित गरेको भन्दै रेष्टुराँ तथा क्यासीनो मजदुर संघले बुझायो प्रदेश सरकारलाई ज्ञापन पत्र

     पोखरा
    पर्यटन मजदुरलाई सरकारले बेवास्ता गरेको भन्दै अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघ गण्डकी प्रदेशले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मजदुरहरु बराम्बार राज्य बाट उपेक्षित हुनुपरेको भन्दै अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघको टोलीले बिहिवार अर्थ मन्त्री रामजी प्रसाद बराललाई ज्ञापन पत्र बुझाएको हो । मन्त्री बराललाई बुझाएको ज्ञापनपत्रमा  पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमकिको जीवन रक्षाको माग गरिएको छ । कोभिड १९ बाट राज्यतहबाटै मजदुर वर्गहरुको हक हितको लागि बेवास्ता हुनु दुखद् रहेको अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघका केन्द्रिय सदस्य रमेश घिमिरेले बताउनुभयो ।
    अखिल नेपाल होटल रेष्टुराँ तथा क्यासीनो मजदुर संघले  कोभिड १९ को कारणले लामो समय देखि होटल रेष्टुरेण्ट बन्द हुदाँ पर्यटन व्यवसायी र मजदुर वर्गमा देखिएको समस्या अन्त्य गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो । संघले मजदुरलाई तत्काल खोपको व्यवस्था गर्न, पर्यटन उद्योग र मजदुरहरुलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने, लोनको व्यवस्था गर्नुपर्ने, रोजगारीको ग्यारेण्टी हुनुपर्ने, श्रम कार्यालयले तोकेको न्युनतम ज्याला कार्यान्वयन हुनुपर्ने, सुराक्षा कोष कार्यान्वयन यथाशाक्य छिटो लागुगर्नुपर्ने लगाएतको माग राखेको छ ।
    पर्यटन क्षेत्रका हजारौं मजदुर कोभिड महामारीले नित्याएको संकटका कारण दैनिक गुजारा चलाउने अर्थोपार्जनको अभावमा छन् । पदयात्रा, पर्वतारोणह, गाइड, पर्यटक सवारी, होटल, ¥याफ्टिङसहितका अन्य मजदुर पनि चरम संकटमा छन् । पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अनुसार कोभिडका कारण करिब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका करिब १० देखि १५ लाख पर्यटन मजदुर प्रभावित भएका छन् । मजदुर पर्यटन क्षेत्रमै निर्भर रहेको र यी क्षेत्रप्रतिको आशामा जिइरहेको घिमिरे  बताउनुहुन्छ । महामारीपछि मजदुर चरम  समस्यामा परेका छन् भने यता पर्यटन व्यवसायी धमाधम बिस्थापित हुन पुगेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार