कास्की
जिल्ला प्रहरी कार्यालय कास्कीले १४ हजार ५ सय ७६ वटा गाँजाका बोटहरु नष्ट गरेको छ । गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको प्रहरी कार्यालयले कास्कीका विभिन्न ठाउँका व्यक्तिगत एवंम सार्वजनिक स्थानहरुमा अबैध रुपमा रोपेका तथा उम्रेका गाँँजाका बोटहरु नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले स्थानीय जनप्रतिनिधी, आमा समूह तथा क्लवका सदस्यहरुको रोहवरमा गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध प्रयोगकर्ताको सख्या बढ्दै जान सक्ने तथा त्यसको अत्य गर्नको लागि प्रहरी जिल्लभर गाँजा नष्ट पार्ने अभियानमा छ । मान्छेमा चेतना नभएका कारण तथा जानीजानी गरेका गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरीको भनाई छ ।