शुक्रबार, जेठ ४ गते २०८१

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    images

    शनिवार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जानकारी दिएको छ ।

    सर्वोच्च अदालतको आदेशमा संसद् पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ