मंगलबार, मंसिर ११ गते २०८१

फेवा ताल जोगाउन हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगायो

फेवा ताल जोगाउन हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगायो

अखबार दैनिक
बिहीबार , असार २४ २०७८
  • फेवा ताल जोगाउन हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगायो

    , पोखरा
    अविरल बर्षाका कारण पोखरा २३ हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम बाढीले बगाएको छ । रातिदेखिको निरन्तर बर्षा पछि खोलामा आएको बाढीले फेवा ताल जोगाउन करोडौँ रकम खर्चेर निर्माण गरिएकोे सिल्टेसन ड्याम बगाएको हो । भीषण बाढीका कारण हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याम पूर्णरुपमा भत्किएको छ  भने तल्लो तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ । वर्षामा आउने बाढी पहिरोलाई रोकेर फेवातालमा जाने ढुंगामाटो रोक्ने उद्देश्यले हर्पन खोलामा सिल्टेसन ड्याम निमार्ण गरिएको हो । प्रदेश सरकार र पोखरा महानगरपालिकाको लगानीमा फेवातालको मुख्यस्रोत हर्पन खोलाको घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, लौरुक खोला र आधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार