आइतबार, जेठ ६ गते २०८१

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, फेरी थपिएला त निषेधाज्ञा ?

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, फेरी थपिएला त निषेधाज्ञा ?

अखबार दैनिक
आइतबार, असार २० २०७८
  • उपत्यकाका सिडिओहरुको बैठक बस्दै, फेरी थपिएला त निषेधाज्ञा ?

    काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ ।

    images

    निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आजै अपराह्न, नभए भोलि बिहान बैठक बस्ने तयारी भइरहेको बताएका छन । उनका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।

    अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर/बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।

    कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर घट्दै गएको निष्कर्षसहित हाल निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार