आइतबार, जेठ ६ गते २०८१

सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

अखबार दैनिक
सोमबार, असार १४ २०७८
  • सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

    नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो ।

    images

    मन्त्रिपरिषद्ले एउटा एआईजीको थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयस्थित प्रशासन स्रोतले बतायो । यससँगै थापा प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलका प्रतिस्पर्धी भएका छन् ।

    हालका आइजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाएसँगै नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाको प्रतिस्पर्धा हुनेछ ।

    नेकपा एमालेका नेता ईश्वर पोखरेलेको दबाबमा पोखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार