विहादी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कृषि उपज विक्री वितरणका लागि आगामी आर्थीक बर्ष बाट कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको हो । कृषि एम्बुलेन्स सञ्चालन गर्ने गरी आर्थीक बर्ष २०७८/०८९ को बजेट बक्तव्यमा रकम समावेश गरिएको छ । कृषकले उत्पादन गरेका तरकारी खेर जान नदिन तथा कृषकलाई कृषि उपज वजारीकरणमा सहजता ल्याउन गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।
त्यस्तै गाउँपालिकाले कृषक बचतकोष समेत आगामी आर्थीक बर्ष बाट सञ्चालनमा ल्याउने भएको छ । कृषकहरुलाई प्रोत्साहन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउन कृषक बचतकोष सञ्चालनमा ल्याउन लागेको हो । जीवनमुखी खेतीबाट उत्पादनतर्फ लैजान र कृषकको बचत गर्ने बानीको विकास गर्न गाउँपालिकाले उक्त कार्यक्रम कर्यान्वयनमा ल्याउन लागेको हो । एक घर एक कृषक, एक कृषक १ बचत खाता सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले कृषक बचतकोष कार्याविधि तयार गरि आगामी आर्थीक बर्षबाट कार्यान्वयनमा ल्याउने गरि बजेटमा समावेश गरेको गाउँपालिका अध्यक्ष कमल प्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकले आफ्नो बैंक खाता खोली मासिक ५ सय रुपैयाँ बैंकमा जम्मा गर्नुपर्नेछ र गाउँपालिकाले मासिक रुपमा कृषकको खातामा २ सय ५० रुपैयाँ जम्मा गरिदिने गरि कृषक बचतकोष कार्यविधि बनाईने तयारी छ । त्यसरी बंैकमा जम्मा भएको रकम कृषकले ५ बर्ष पछि मात्र आफ्नो इच्छाअनुसार खर्च गर्न पाउने छ ।
गाउँपालिकाले व्यवसायीक रुपमा रागो पालन गर्ने किसानलाई बार्षीक १० हजार रकम अनुदान दिने भएको छ । १ ओटा रागो बराबर १० हजारका दरले रकम उपलब्ध गराउने छ भने गाउँपालिकाले उन्नत जातको गाई तथा भैँसी पाल्ने किसानलाई प्रति एक गाई/ भैंसी २० हजारका दरले अनुदान दिदै आएको छ । त्यस्तै गाउँपालिकाले किसानलाई प्रोत्सहान गर्न किसानले उत्पादन गरेको प्रति लिटर दुधको ३ रुपैयाँ का दरले रकम समेत प्रदान गर्ने भएको छ । अब किसानले १ लिटर दुध बराबरको बजार मुल्य भन्दा तिन रुपैयाँ बढी दुधको मुल्य पाउनेछन् ।
गाउँपालिकाले कृषिलाई समृद्धिको बलियो आधार मान्दै कृषि क्षेत्रको आधुनिकिरिण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभुती गरिने योजना अगाडी सारेको छ ।
विहादी गाउँपालिकाका अधिकांस जनता कृषि पेशमा संलग्न भएको र कृषि तथा पशुविकास क्षेत्रनै प्रत्येक नागरिकको घरमा सरकार पुग्ने माध्यम भएको हुदाँ कृषि र पशुविकास लाई उच्च प्रथामिकतामा राखि परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गर्दै कृषिमा विविधिकरण,यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्ने तर्फ बजेट विनियोजन गरिएको छ ।