आइतबार, जेठ ६ गते २०८१

नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

अखबार दैनिक
मंगलबार, असार ८ २०७८
  • नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

    नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप भएको छ ।

    images

    सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    हाल नेपाल प्रहरीमा प्रशासनतर्फ तीन वटा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चार वटा हुनेछ ।

    यो निर्णयसँगै भावी प्रहरी महानिरीक्षकको खेलमासमेत फेरबदल हुने आँकलन गरिएको छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउँदै गर्दा विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार रहेका थिए तर दरबन्दी थप भएपछि महानिरीक्षक पदमा अब दुई जनाको प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार