पोखरा
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डाक्टर रघुराज काफ्ले नियुक्त हुनुभएको छ । प्रदेश सरकारले आइतबार काफ्लेलाई नियुक्त गरेको हो । उहाँले आइतबार नै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाट पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ । अर्थशास्त्री समेत रहनुभएका डा. काफ्लेले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकका रुपमा काम गर्नु भएको थियो भने क्याम्पसको प्रध्यापकको अनुभव समेत उहाँमा छ । प्रदेश नीति तथा योजना आयोगका अन्य सदस्यहरुको भने टुंगो लगेको छैन ।