सोमबार, जेठ ७ गते २०८१

‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्रले २ लाख ५० हजार पुरस्कार पाउने

‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्रले २ लाख ५० हजार पुरस्कार पाउने

अखबार दैनिक
शुक्रबार, असार ४ २०७८
  • ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्रले २ लाख ५० हजार पुरस्कार पाउने

    राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।

    images

    यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्नेछ ।

    यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

    कोभिड-१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्यप्रति संगठन कृयाशिल रहेको बताए ।

    ‘प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ