सोमबार, जेठ ७ गते २०८१

बिपदमा खाद्यन्न तथा स्वास्थ्य सामाग्रि सहित गोरखा पुगे- जोन घले

बिपदमा खाद्यन्न तथा स्वास्थ्य सामाग्रि सहित गोरखा पुगे- जोन घले

अखबार दैनिक
बुधबार, जेठ २६ २०७८
  • बिपदमा खाद्यन्न तथा स्वास्थ्य सामाग्रि सहित गोरखा पुगे- जोन घले
    जेठ २६, गोरखा । संकट अक्सर अस्थायी हुन्छ । मन, मुटु दह्रो बनाएर संकटको सामना गर्नेहरु अन्तिम समयसम्म पनि जुध्न तयार रहीरहन्छन् र पार लगाउँछन् । संकटसँग जुध्न तयार नहुनेहरु त्यसमै विलय भइदिन्छन् र समाजले उनीहरुलाई चटक्कै बिर्सी पनि दिन्छ ।

    हो, यस्तै संकट र विपद्मा समाजमा आफ्नो उपस्थिति जनाइरहने मनकारी हुन् अस्ट्रेलिया मेलबर्न निवासी जोन घले । उनी यसकारण पनि पृथक छन्, जो व्यवसायबाट नाफा मात्रै कमाउँदैनन् आपत्मा दुर्गम र गरीबका घरघरमा पुग्छन् । त्यो पनि ठूलो दिल लिएर ।

    images

    भलै उनले बाँड्ने पैसाले बजारबाट किन्ने केही थान चामल र दालका पोका होलान् तर त्यसमा उनको माया मिसिएको छ । जसलाई पुष्टि गर्ने यी आधार हुन्, विसं २०७२ को महाभूकम्पमा छाना छाउने जस्तापाता, पहिलो र दोस्रो लहरको कोरोना महामारीमा वितरित खाद्यान्न र ओखतीमूलो सहायता ।

    उनले महाभूकम्पमा परी थिलोथिलो परेका गोरखालीहरुलाई घर निर्माणको लागि छाना छाउने जस्ता पाता तथा आर्थिक सहयोग गरेका थिए । लापुबेंसी धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घरको छानो अभियान सञ्चालन गरी ७२ घर धुरीलाई जस्ता पाता वितरण गरेका थिए ।

    घलेले पहिलो लकडाउनमा जिल्लाका विभिन्न स्थानमा गरी पाँच सय बोरा चामल, पाँच सय किलो दाल र पाँच सय लिटर खाने तेल वितरण गरेका थिए ।

    जबजब संकट आइपर्छ गोरखा धार्चे गाउँपालिकामा जन्मिएका जोन घलेको मन उती फुक्दै जान्छ । उनी त्यस्ता संकटमा आफूलाई पनि सामेल गराइ छाड्छन् र झट्टै राहत लिई खच्चड, घोडामा राहत बोकाई पुग्छन् आफ्नै जन्मथलो । र बाँड्छन् राहतसँगै मायाका पोका ।

    यिनै घलेले कोरोनाको दोस्रो लहरमा पनि विकट मानिने धार्चेसहित समग्र गोरखा जिल्लामा आवश्यक ठाउँहरुमा खाद्यान्नसहित स्वास्थ्यसामग्री वितरण गरेका छन् । सवारी साधनबाट ढुवानी गर्न नसकिने क्षेत्रहरुमा पनि मानिस तथा खच्चडबाट खाद्यान्न ढुवानी गरिएको थियो । धार्चे ७ मा पर्ने ठाँटी भन्ने ठाउँमा रहेका ३२ घर धुरीमा खच्चडबाट चामत, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री ढुवानी गरी वितरण गरिएको घलेले बताए ।

    धार्चेको भिरकुना, खानीगाउँ, खानीबेंसी, लापुबेंसी, लिदिङ लगायतका ठाउँहरुमा दुई सय पचहत्तर (२७५) घरधुरीका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । उक्त खाद्यान्न घलेका ज्वाइँ राम मगर र घले उनका भाई सन्तोष घलले हस्तान्तरण गरेका थिए । गाउँपालिकाका सबै वडाहरुमा गरी २ सय २७५ घरधुरीमा खाद्यान्न पुगेको घलेले जानकारी दिए ।

    राहत अभियानमा स्थानीय जनप्रतिनिधिले पनि उनलाई सघाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वर्तमान सांसद हरिराज अधिकारी, उनका नेपाल स्थिति व्यवसायी सहयोगी  तथा पाट्नर कृष्ण घिमिरे, परिवारजन राम मगर, सन्तोष गुरुङ, पुनम गुरुङ, सन्त गुरुङ (विष्पोट)ले समेत अभियानलाई सार्थक बनाउन सहयोग गरेको घलेको भनाई छ ।

    अभियानले गोरखामा क्रियाशिल पत्रकारहरुलाई पनि समेटेको छ । जनताको आवाजको माध्यम बनेका पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि सहयोग गर्नुपर्छ भनी अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको घलेले बताए । जसअन्र्तगत गोरखा पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई स्थानीय पत्रकारहरुको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तारतरण गरियो ।

    सामान्य किसानको परिवारमा जन्मिएका घले अस्टे«लिया मेलबर्नमा परिचित व्यवसायी बनेका छन् । जन्मभूमिमा आफूलाई समर्पित गराउँदा पाउने सन्तोष अन्य काममा नमिल्ने उनी बताउँछन् । भन्छन्, ‘गाउँमा जन्मिएर, हुर्केर, बढेर यहाँसम्म आइपुगिएको छ । पसिनाको कमाईले खान लगाउन पुगेकै छ । यस्तै आपत् विपद्मा सहयात्री बन्न पाउँदा मलाई सन्तोष मिल्छ ।’ अस्ट्रेलियामा ‘घले हार्बेस्टिङ कम्पनिका  प्रमुख संचालक रहेका उनी सफल रोजगारदातासमेत हुन् । उनले कम्पनीमा तीन सय बढीलाई रोजगारी दिलाएका छन् ।

    धार्चे गाउँपालिकामा विकास हाईड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ४.५५ मेगावार्टको माछाखोला जलविद्युत आयोजनामा घले कम्पनी बोर्ड डाइरेक्टर हुन् ।

    सधैं गोरखाबासीको सहयोगार्थ भूमिकामा अग्रपंक्तिमा उभिन चाहने उनी गोरखा धार्चे गाँउपालिकाका जनताको दुखमा सधंै दूत बनेर घलेले हात अगाडि बढाउने गरिरहेको स्थानीय राकेश गुरुङ बताउँछन् ।

    घलेले स्थानीयको मन त जितिरहेका छन्, त्यससँगै आफ्ना घरमा बस्ने बहालवालालाई महामारीमा घरभाडा छुट दिएका छन् । उनले काठमाडौं र गोरखामा रहेका आफ्ना चारवटा घरका बहालवालाई एक महिनाको घर भाडा मिनाहा गरेर वाहवाही कमाएका छन् ।

    त्यसैगरी गाउँपालिकाको शैक्षिक संस्थालाई आर्थिक अभाव हुन नदिई समग्र विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन घलेले तीनवटा विद्यालयलाई आर्थिक सहयोग सहायता गरेका थिए । उनले प्रभाव किरण माध्यमिक विद्यालय, कालरात्रि माध्यमिक विद्यालय र गंगा जमुना आधारभूत विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

    साथै, धार्मिक मठमन्दिर र स्थानीय क्लबलाई पनि उनले आर्थिक सहयोग उपलब्ध गराएका छन् । आमाबुवा गुमाएर सहाराविहीन बालबालिका उनले अभिभावकत्व निर्वाह गरेका छन् । गाउँपालिकाभित्रका चार जना त्यस्ता बालबालिकालाई उनले शैक्षिक जिम्मेवारीसहितको अभिभावकत्व दायित्व निर्वाह गरिरहेका हुन् ।

    कहाँ कति वितरण भयो स्वास्थ्य सामग्री ?

    गोखरा नगरपालिकाभित्र विभिन्न संघ/संस्था तथा घरपरिवारलाई गरी जोन घलेले स्वास्थ्य सामग्री वितरण गरे । जसअनुसार दुई हजार थान मास्क, फेस सिल्ड ५० थान, पिपिई पाँच सेट, अक्सिमिटर तीन थान, ग्लब्स् एक कार्टुन, सोनिटाइजर ५० थान वितरण गरियो ।

    धार्चे गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गर्ने सन्दर्भमा मास्क चार हजार थान, फेस सिल्ड दुई सय थान, पिपिई १६ सेट, भिटामिन सि चार हजार पाँच सय ट्याब्लेट, अक्सिमिटर दुई थान। ग्लब्स् एक कार्टुन, सेनिटाइजर ६० लिटर, थर्मल गन दुई थान वितरण सम्पन्न भयो ।

    घलेले अभियानलाई बारपाक पनि पु¥याए । उनले त्यहाँ मास्क छ हजार थान, ग्लब्स् एक प्याकेट, सेनिटाइजर पाँच लिटरको चार थान उपलब्ध गराए ।

    धार्चेको माझगाउँ स्वास्थ्य संस्थामा पनि घलेको सहयागी हात पुग्न सफल भयो । उनले त्यहाँको स्वास्थ्य संस्थामा ३५ हजार थान मास्क, सेनिटाइजर सय एमएलको ५० थान, पाँच लिटरको एक थान, पाँच सय एमएलका पाँच थान, भिटामिन सि ३६ हजार ट्याब्लेट, सिटामोल हजार ट्याब्लेट, फेससिल्ड ७० थान, ग्लब्स् पाँच बक्स, अक्सिमिटिर तीन थान, थर्मल गन तीन थान, पिपिई ६ सेट र हेड कभर एक सय ५० थान उपलब्ध गराएका छन् ।

    धार्चेका सबै वडाहरुमा स्वास्थ्य सामग्री पुर्‍याइएको घलेले बताए । नागरिकहरुलाई संकटमा सहयोग गर्दा मिल्ने पुण्य अन्य कार्यबाट नमिल्ने बताउँदै घलेले आफूले जस्तोसुकै कठिन परिस्थितीमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार