आइतबार, मंसिर ९ गते २०८१

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

अखबार दैनिक
शुक्रबार, जेठ १४ २०७८
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।

    images

    कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार (हिजो) राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो ।

    उक्त बिषयमा जानकारी लिन आज प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताएका छन् । घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न पोखरेलले निर्देशनसमेत दिएका छन् ।

    अहिले उक्त घटनाबारे छानविन भइरहेकाे छ भने, तीन जना पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ