आइतबार, जेठ ६ गते २०८१

कोभिड-१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने प्रशासनको आदेश

कोभिड-१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने प्रशासनको आदेश

अखबार दैनिक
सोमबार, जेठ १० २०७८
  • कोभिड-१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने प्रशासनको आदेश

    यसै साता जारी भएको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचखालसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लङ्घन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो ।

    अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुनसक्ने समेत जनाइएको छ ।

    अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेख छ ।

    मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

    jilla-prasashan-karyalaya-ktm-notice.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार