आइतबार, जेठ ६ गते २०८१

लकडाउनमा सडक जनावरलाई खाना खुवाउँदै 'हाम्रो सानो प्रयास' टिम

लकडाउनमा सडक जनावरलाई खाना खुवाउँदै 'हाम्रो सानो प्रयास' टिम

अखबार दैनिक
सोमबार, जेठ १० २०७८
  • लकडाउनमा सडक जनावरलाई खाना खुवाउँदै 'हाम्रो सानो प्रयास' टिम

    विश्वनै कोरोना भाइरसको महामारीले आक्रान्त छ । यसले मानव जीवनलाई मात्र नभएर जनावरहरुलाई अझ विशेषतः सडकका जनावरहरूलाई प्रत्यक्ष असर पारेको छ । सामान्य अवस्थामा समेत अरुले फालेको खाएर पेट भर्ने सडक जनावरको अवस्था अहिले झन् दयनीय बनेको छ ।

    images

    हाम्रो सानो प्रयास संस्थाले यही कुरालाई मध्यनजर गर्दै दैनिक ५० देखि १०० सडक कुकुर, चरा, गाईवस्तु र मन्दिर आसपासका बाँदरहरुलाई खाना खुवाउँदै आएका छन् । उक्त संस्थाले यो लकडाउनको समयमा ती सडक पशुहरूको हेरचाह गरिरहेको छ ।

    184261590_378299663506333_1359411126660320958_n.jpg

    "जनावरको पनि मान्छेजस्तै संवेदना हुन्छ, उनिहरुलाई पनि स्वभाविक रुपमा भोक लाग्छ तर मान्छे जस्तो सक्षम हुदैनन् । यो दु:खद समयमा हाम्रो तर्फबाट ती दुखित जनावरको लागि केही गर्न सक्छौं कि भन्ने हेतले यस संस्था मार्फत मन्दिर, धार्मिक स्थल र विभिन्न क्षेत्र आसपासका जनावरहरुलाई सकेको खाना खुवाईरहेका छौं ।" प्रदीप ज्ञावलिले अखबार दैनिकलाई बताए ।

    प्रदिप ज्ञवाली हाम्रो सानो प्रयास संस्थाका सक्रिय सदस्य पनि हुन् । सोही संस्थामार्फत उनले दैनिक भक्तपुर, कौशलटार, मनोहरा र सानोठिमी क्षेत्रका २५० कुकुर, बाँदर र परेवालाई खाना खुवाउँदै आएका छन् ।

    186477788_256558866246427_4449249431097970745_n.jpg

    उनी भन्छन्, " हाम्रो टिममा पाँछ जना छन् र टिमको सकृयताले थप हौसला मिलेरहेको छ । अघिल्लो लकडाउनमा पनि हामी सकृय थियौं, अहिले भने अलिक सजिग रहेर सबै व्यवस्थापनमा लागिरहेका छौं । वर्तमान परिस्थिति असहज छ यद्यपि सबैले आफ्नो ठाउँबाट हुने सहयोग अरुलाई गर्नैपर्छ । हामीले पनि सोही सोच अनुरूप काम थालेका छौँ र यसले सोचेभन्दा धेरै सन्तुष्टि मिलिरहेको छ ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार