काठमाडौं, ९ जेठ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू फेरि देखिएका छन्।
राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएपछि कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो।
उहाँहरूले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जानकारी दिनुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले भने,‘के गल्ती भएको रैछ उहाँहरूले भन्नुहोला।’
वेबसाइटमा शनिबार राति १:४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११:३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आम चासो बढेको थियो।