मंगलबार, मंसिर ११ गते २०८१

मन्त्री लम्सालले गरे पदभार ग्रहण

मन्त्री लम्सालले गरे पदभार ग्रहण

अखबार दैनिक
बिहीबार , जेठ ६ २०७८
  • मन्त्री लम्सालले गरे पदभार ग्रहण

    गण्डकी प्रदेशका ननिवयूक्त मन्त्री विकास लम्सालाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार विना विभागीय मन्त्रीका रुपमा सफथ  लिनु भएका मन्त्री लम्सालको हिजै साँझ मन्त्रालयको टुंगो लागेको थियो । उहाँले पुरानै मन्त्रालय पर्यटन, उद्योग,वाणिज्य तथा वाणिज्य आपूर्ती, वन,वातावरण तथा भु संक्षण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । आज उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उहाँले जनताले अनुभू ितगर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउँनुभयो ।
    कोरोना महामहारिले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक बर्षको कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने तर्पm सरकार कृयाशिल बन्ने उहाँले बताउनुभयो ।
    आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन , रोजगारी सिर्जना, कोरोनावाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनिकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिंदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पु¥याइने उहाँले बताउनुभयो ।
    प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।मन्त्रालय पुग्दा कर्मचारीले उहाँलाई फूलमालाले स्वागत गरेका थिए। पदबहाली गर्दै उहाँले प्रकृतिमा आधारित समाधान मार्फत बर्षाको पानीलाई सञ्चय गरी ग्राउण्ड रिचार्ज बढाउन, जीविकोपार्जनमा सहयोग पुर्याउने, वन डढेलो नियन्त्रण गर्न, पानीको अभावमा हुने मानव,वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गर्न, भू संरक्षण मार्फत जमीनको उत्पादन र उत्पादकत्व बढाउन तथा नेपाली समाजलाई जलवायु अनुकुलित बनाउनका लागि गण्डकी प्रदेशमा “एक सामुदायिक वन एक पोखरी”, “एक वडा एक वनवाटिका” र “एक स्थानीय त एक हरित उद्यान” निर्माणलाई अभियानको रुपमा लैजाने फाइल सदर गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार