काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।आज बजार २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३९ कम्पनीको सेयर मुल्य बढेको छ भने २०९ कम्पनीको सेयर मुल्य घटेको छ ।