शनिबार, असोज १७ गते २०८३

७ मन्त्रीको नियुक्ति बदर माग गर्दै पुन: सर्वोच्चमा रिट

७ मन्त्रीको नियुक्ति बदर माग गर्दै पुन: सर्वोच्चमा रिट

अखबार दैनिक
बुधबार, जेठ ५ २०७८
  • ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै पुन: सर्वोच्चमा रिट

    नेकपा माओवादी केन्द्रबाट पार्टी परिवर्तन गरी नेकपा एमालेबाट मन्त्री बनेका ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    गैरसांसद भएपनि मन्त्रीमा नियुक्त भएको भन्दै नियुक्ति बदरको अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो ।

    अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो विषयमा अन्तरिम आदेश माग नभएकाले हाललाई बोल्नुनपर्ने आदेश दिएको थियो ।

    ‘निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिंदा सो सम्बन्धमा विचार गरी रहनु परेन,’ हिजोको आदेशमा भनिएको छ।

    आजको रिटमा अन्तरिम आदेश माग गरेकाले उही विषय भए पनि अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाको रिट सर्वोच्च प्रशासनले स्वीकार गरेको हो ।

    सांसद नभए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइ मन्त्री मणि थगापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा तामाङ छन् ।

    थापा र तामाङ जेठ १० गते पदमुक्त हुँदै थिए । तर, त्यसअघि नै प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्दा स्वतः उनीहरु पदमुक्त भएका थिए ।

    त्यसपछि पनि पुनः ओलीकै नेतृत्वमा सरकार बनेपछि उनीहरु पनि दोहोरिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ