मंगलबार, मंसिर ११ गते २०८१

पक्की सडकले जोडिँदै पर्वतका गाउँ

पक्की सडकले जोडिँदै पर्वतका गाउँ

अखबार दैनिक
बुधबार, जेठ ५ २०७८
  • पक्की सडकले जोडिँदै पर्वतका गाउँ

    पर्वतका सातै स्थानीय तहहरूको केन्द्र तथा मुख्य ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक पक्की बनाउन थालिएको छ । जिल्लामा कच्ची सडक बाह्रैै महीना सञ्चालन हुनेगरी कालोपत्रको काम अघि बढाइएको हो । देश संघीयतामा गएसँगै बनेका तीनओटै सरकारले पालिका जोड्ने सडक र विभिन्न मुख्य ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका छन् ।

    images

    पूर्वाधार विकास कार्यलय पर्वतका प्रमुख कृष्ण आचार्यले संघ र प्रदेश सरकारले पर्वतमा रहेका मुख्य ग्रामीण सडक बाह्रै महीना सवारीसाधन सञ्चालनमा आउनेगरी स्तरोन्नति र कालोपत्र गर्ने काम अघि बढाएको बताए । आचार्यले जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका, पैयँु गाउँपालिका र महाशिला गाउँपालिका जोड्ने मुख्य सडकहरू वर्षभरि सञ्चालनमा ल्याउन कालोपत्र गर्ने काम अघि बढिरहेको जानकारी दिए ।

    उनका अनुसार जिल्लामा प्रदेश सरकारको सहयोगमा साना ठूला गरी आठ सडक योजनाको काम अघि बढेको छ, जसमा दोबिल्ला फलेवास सडक ४ करोडको लगानीमा कालोपत्रको काम भइरहेको छ । अस्पताल चोक–बञ्जीजम्प–हाइवे सडक ३४ लाख लागतमा साढे १ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

    त्यस्तै १ करोड ५० लाख लागतमा हिलेखोला कार्किनेटा–खलडाँडा फलेवास–जैमुनीघाट सडक खण्डको साढे ५ किलोमिटर सडकमध्ये साढे ३ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ । ५ करोडको लागतमा मिलनचोक सल्यान–घाहाखेत धारापानी– ठोटनेरी सडकको १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य भए पनि हाल पर्खाल, नाली निर्माण भइरहेको कार्यालयले बताएको छ । १२ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको चिसापानी हातेमालो–त्रिवेणी वहाकी भञ्ज्याङ–पोखराचौर खहरेखोला सडकको बजेट करीब ९ करोड रहेको छ । यसबाट १३ किलोमिटर सडक कालोपत्र हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार