मंगलबार, मंसिर ११ गते २०८१

गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार हुदै, पर्वतका लम्साल पुनः मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार हुदै, पर्वतका लम्साल पुनः मन्त्री बन्दै

अखबार दैनिक
बुधबार, जेठ ५ २०७८
  • गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार हुदै, पर्वतका लम्साल पुनः मन्त्री बन्दै


    पर्वत
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।
    बैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ भने असार नलाग्दै गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गराउनु पर्नेछ । लामो समयसम्म मन्त्रिविहिन हुँदा मन्त्रालयको काम प्रभावकारी नहुने भएकाले मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गर्न लागेका छन् ।
    अहिलको उनको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका नपाउने श्रोतले बतायो । उनले पुराना सबै मन्त्रिलाई पुन सपथ ख्वाउदैछन् । मन्त्रीहरुले पाउने जिम्मेवारीमा भने सामान्य हेरफेर हुन सक्ने श्रोतले बतायो ।
    श्रोतका अनुसार किरण गुरुङलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिईदैछ भने  रामशरण बस्नेतलाई पनि पुनः भौतिक मन्त्रालय सम्हाल्ने जिम्मा दिन लागिएको छ । त्यस्तै पर्वतका  विकास लम्साललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पुनः दिईदैछ ।

    images

    नरदेवी पुन मगरलाई सामाजिक विकास र राजीव गुरुङ लार्य युवा तथा खेलकुद मन्त्रालयको जिम्म लगाईने बताईएको छ ।
    श्रोतका अनुसार आन्तरिक मामिला र कृषि मन्त्री खाली छन् । यी मध्ये केहीको मन्त्रालय हेरफेर गर्ने वा मुख्यमन्त्री केही मन्त्रालयको थप जिम्मा लिने गरी तयारी भैरहेको श्रोतले बतायो । एमालेका जम्मा २८ सांसद भएको प्रदेश सभामा उनले बहुमतका लागि कम्तिमा थप ३ जना सांसदको समर्थन जुटाउनु आवश्यक छ ।


      

    प्रतिक्रिया दिनुहोस

    थप समाचार