आमा
सब सबथोक भएर
खुशी खुम्चिन्छ आमा नभएर
रित्तो रित्तो हुँदा पनि
संकट सङकिण बन्छ आमा सँगै भएर
बच्चामा कक्षामा,,
मास्टरले हाम्रो भाग्यरेखा कस्ले कोर्छ भनेर प्रश्न गर्दा
म मात्र एक्लो एक्लो थिए
सबैले भाविलाई नै पुकारे
र मैले गर्वकासाथ भनिदिए
कोख देखि भोगसम्म
हर खुशि पुरा गर्ने
आमाका हत्केलाका रेखालेनै हाम्रा भविश्यका रेखा कोरिन्छन।
यो सामान्त पेट भरिन समेत
चुलोमा आमाको पसिना बल्नुपर्छ
कि समाजले श्रम र शोषणको परिभाषा बदल्नुपर्छ
र मलाई थाहा छ आमा
तपाईंको निधारमा नाम्लोले गढेका
ढोबहरुमा नै
मेरा असङ्ख्य भोगहरु मेटिएका छन
लाग्छ फेरि त्यही बच्चा बनिजाउँ
मै उपद्रो मच्चाउ
मै बदमासी गरु
सबै क्षेतिको हिस्सेदार तपाईं बन्नु
र म बेकुफी जितमा अनन्त आनन्द हाँसिरहुँ।
अनि तपाईको बुई चढेर
संन्सारको बलियो बनेको महशुस गरु,
आमा तपाईं साँच्चै भान्साको भरी कराई जस्तै हुनुहुन्छ हो??
जुन कराईले प्लेटहरु भरेर
बचेपछी मात्र आफ्नो भाग भेटछ
त्यस्तै तपाईं हाम्रा पेट भरेर बचेपछी मात्र
आफ्नो भाग भेटनुहुन्छ,
आमा तपाईं त्यो मुल जस्तै हुनुहुन्छ हो??
जसले ती विशाल समुन्द्रलाई सधैं खहरे सम्झेर
निरन्तर सिचाई गरिरहन्छ
साँच्चै तपाईंको अगाडी यो ठुलो आकाश पनि
एउटा सानो,निलो कचौराको टुक्रा जस्तो न लाग्छ त,
आमा तपाईंको हृदय यति विशाल छ
जहाँ मेरा लागि अनगिन्ती खुशी छन्,
जुन हेर्न यदि कहिकतै सृष्टिकर्ता ब्राह्म छ भने
ब्राह्मका आँखापनि धिरमिराउँछन होला,
आमा
म औंसि,पुर्णिामा पारेर बर्षको एक घडिमा
शब्द सापटी बोकेर
बजारमा बेच्न राखेको पुतली सझाएझै
सामाजिक संन्जालका भित्तामा
तपाईका तस्वीरहर रङ्गगाउन असमर्थन छु है,
रङ्गाउन छ त,,
तपाईंका नानिले देखेका मेरा सपनाका पाटाहर
अँ साँच्चै मैले तपाईंलाई खुशिमा पुकार्ने र
पिडामा गुहार्ने गरेको छु
म त म भित्र नै तपाईंलाई भेटने गर्दछु
हेनुहोस त त्यो ऐनामा
हाम्रो निधार कस्तो मिल्दो रहेछ
अनि नाक पनी मिल्यो है,
आँखा पनि मिल्दो रहेछ,
हेर्नू त हेर्नू ओठ मिल्यो दाँत मिलेन,
गाला मिल्यो दारी मिलेन,
म,म भित्रै तपाईं बाेकेर हिडेकाे छु,
म तपाईकै अगं हु आमा ।
मातृदेव भवः
( मिनराज आचार्य,,, जुम्ला)