शुक्रबार, असोज ४ गते २०८१

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै ४ सांसद मन्त्री बन्दै

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै ४ सांसद मन्त्री बन्दै

अखबार दैनिक
सोमबार, वैशाख ६ २०७८
  • लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै ४ सांसद मन्त्री बन्दै

    बुटवल, वैशाख ६ ।  लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।

    images

    लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ । नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे सपथ हुनसक्ने एमालेका एक नेताले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ