शुक्रबार, असोज ४ गते २०८१

कर्णालीका मुख्यमन्त्री शाहीले लिए विश्‍वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले लिए विश्‍वासको मत

अखबार दैनिक
शुक्रबार, वैशाख ३ २०७८
  • कर्णालीका मुख्यमन्त्री शाहीले लिए विश्‍वासको मत

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । मतदानमा ३७ जना सांसद सहभागी भएको र शाहीको पक्षमा २२ मत खसेको छ । उनको विपक्षमा १५ मत खसेको छ ।  

    images

    सभामुखले हाल संसदमा रहेका सांसदको संख्याको आधारमा बहुमत सदस्यको मत पाएकोले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । सर्वाेच्च अदालतले एकीकरणपछि बनेको नेकपा खारेज गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सदनको ठूलो दल बनेको एमालेले अविश्वासको प्रस्ताव पेश गरेपछि शाहीले विश्वासको मत लिएका हुन् ।

     

    एमालेले चैत पाँच गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री शाही माओवादी केन्द्रका हुन् । उनलाई नेकपा एमालेका माधव नेपाल समूहका सांसदले पनि मत हालेका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ