शुक्रबार, असोज ४ गते २०८१

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपालद्वारा बहिस्कार

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपालद्वारा बहिस्कार

अखबार दैनिक
शनिबार, चैत ७ २०७७
  • एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपालद्वारा बहिस्कार

    नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

    images

    संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । 

    यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ । 
     
    वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने निर्णय गरिसकेको छ । 

    शुक्रबार खनाल–नेपाल समूहले ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । 

    ओलीले बालुवाटारमा १० बजे बस्ने संसदीय दलको बैठक राखेका छन् भने १२ बजे केन्द्रीय समिति बैठक राखेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ