शुक्रबार, असोज ४ गते २०८१

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्दै

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्दै

अखबार दैनिक
बिहीबार , चैत ५ २०७७
  • सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्दै

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शुक्रवार(भोलि) देखि आईपीओ निष्कासन गर्ने भएको छ।

    images

    कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन्।

    आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन्। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिम रहेको देखाउँछ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

    साथै आवेदकले सी आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन गर्न सक्नेछन्। कम्पनीको आव २०७६र ७७ सम्ममा प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ