शुक्रबार, असोज ४ गते २०८१

ओलीले बोलाएको बैठकमा सहभागी हुन माधव-झलनाथ पक्षका सांसद बालुवाटारतर्फ

ओलीले बोलाएको बैठकमा सहभागी हुन माधव-झलनाथ पक्षका सांसद बालुवाटारतर्फ

अखबार दैनिक
बिहीबार , चैत ५ २०७७
  • ओलीले बोलाएको बैठकमा सहभागी हुन माधव-झलनाथ पक्षका सांसद बालुवाटारतर्फ

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागि हुन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु बालुवाटार लागेका छन्।

    images

    खनाल-नेपाल पक्षका सांसदहरुको बिहीबार बिहान बसेको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाउने निर्णय गरेका हुन्। स्थायी समितिमा रहेका सांसद्हरु नगए पनि अन्य सांसद्हरु भने जाने तयारी गरिएको नेता योगेश भट्टराईले जानकारी दिए।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए। बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए। यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए।

    सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए। उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने पोखरेलले जानकारी दिए। संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए।

    तर नेपाल पक्षका सांसद झपट रावलले अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा जाने आफ्ना साथीहरुको निर्णय आत्मघाती भएको टिप्पणी गरेका छन्। सांसद रावलले भने,‘जे निर्णय गरियो यो आत्मघाती निर्णय हो। नेताहरुले निर्णय गरेपछि जाने कुरा होला। म एक्लो वृहस्पती भएर केही पनि हुँदैन। जे गर्नु भयो यो कमजोर मानसिकता हो। राजनीतिक उद्देश्य प्राप्तीका लागि लडाईँ लडिरहँदा दुनियाँमा कुनै पनि दलको बैठकमा नजाँदा कुनै पनि सांसदलाई कारवाही हुँदैन। नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ