शुक्रबार, असोज ४ गते २०८१

विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

अखबार दैनिक
बिहीबार , चैत ५ २०७७
  • विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

    विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं काँग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।

    images

    नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए।

    नेता कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो ।

    उनी पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्। २०४४ सालमा उनी नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत बनेका थिए ।

    कोइरालालाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाँदै छन्। उनको आजै श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ। आजै कोइरालाको अन्त्येष्टि हुने छ।

    कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ