शुक्रबार, असोज ४ गते २०८१

४ महिनापछि ओलीलाई भेट्दै नेपाल-खनाल पक्ष

४ महिनापछि ओलीलाई भेट्दै नेपाल-खनाल पक्ष

अखबार दैनिक
सोमबार, चैत २ २०७७
  • ४ महिनापछि ओलीलाई भेट्दै नेपाल-खनाल पक्ष

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ। यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।

    images

    पार्टी कार्यालय सचिव ईश्वरी रिजालले ११ बजेपछि दुई पक्षका नेताबीच भेटवार्ता हुने भएको बताए। छलफलका लागि नेताहरू पार्टी कार्यालय पग्ने क्रम जारी छ।

    तिक्तापूर्ण सम्बन्धबीच दुई नेताबीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए। तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् ।

    सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापानका कार्यक्रमको तयारी गरेका थिए। चियापानपूर्व नेताहरुबीच भेटवार्ता हुन लागेको हो। भेटमा ओली समूहबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव ईश्वर पोखरेल तथा नेपाल समूहबाट पनि अरू नेताहरू सहभागी हुँदै छन् ।

    आज हुने भेटवार्तामा पार्टीलाई एक ढिक्का बनाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने माधव पक्षका एक जना केन्द्रीय कमिटी सदस्यले बताए। सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र कायम गर्नु पहिले नेकपा हुँदा नेपाल प्रचण्ड समूहमा थिए।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध उभिएका थिए।

    तर अदालतले साविकको एमाले कायम गरेपछि भने पार्टीमै रहेर अ‍ोलीसँग संघर्ष गर्ने भन्दै नेपाल समूह प्रचण्ड समूहलाई छाडेर आएका थिए।

    गत शुक्रबार ओलीले आफू पक्षिय केन्द्रीय कमिटीको विशेष बैठकले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्ने, माधव पक्षका दुई नेताको इञ्चार्ज पद खोसेर माओवादीबाट एमालेका गएका नेताहरूलाई दिने, केन्द्रीय कमिटीमा मनोनित गर्ने लगायतका निर्णय गरेपछि माधव पक्ष थप रुष्ट बनेको छ।

    ओलीले आयोजना गरेको चियापानमा समेत नेपाल गएनन्। यही ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गर्दै अन्य संघर्षका कार्यक्रम तय गर्ने माधव पक्षले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ