शुक्रबार, असोज ४ गते २०८१

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

अखबार दैनिक
सोमबार, चैत २ २०७७
  • सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

    प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्नि सापकोटाले दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    images

    यसअघि, प्रतिनिधिसभाको बैठक दुई पटक फागुन २३ गते र २६ बसिसकेको छ । अर्को बैठक चैत ३ गते बस्दैछ ।

    सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

    पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो । त्यसपछि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।

    आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ