शुक्रबार, असोज ४ गते २०८१

डेपुटी गभर्नरमा नीलम तिम्सिना र बमबहादुर मिश्र नियुक्त

डेपुटी गभर्नरमा नीलम तिम्सिना र बमबहादुर मिश्र नियुक्त

अखबार दैनिक
बुधबार, फागुन २६ २०७७
  • डेपुटी गभर्नरमा नीलम तिम्सिना र बमबहादुर मिश्र नियुक्त

    सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम तिम्लसिनालाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्लसिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।

    images

    फागुन १८ गतेदेखि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा सरकारले मिश्र र तिमल्सिनालाई नियुक्त गरेको हो। गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ।

    राष्ट्र बैंकका विभिन्न विभागमध्ये गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाइ, आन्तरिक लेखापरीक्षण विभाग र कानुन महाशाखाबाहेक सबै विभाग डेपुटी गभर्नरले नै सम्हाल्नुपर्छ। यसकारण पनि राष्ट्र बैंकको क्षमता अभिवृद्धिका साथै प्रभावकारी नियमन तथा सुपरिवेक्षणमा डेपुटी गभर्नरको भूमिका रहन्छ।

    डेपुटी गभर्नरमा नियुक्ति हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था ऐनमा छ ।

    यस्तै,मन्त्रिपरिषद् बैठकले सिभिल अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. विद्यानिधी पौडेललाई नियुक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ