शुक्रबार, असोज ४ गते २०८१

नेकपा नाम विवादः ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला 

नेकपा नाम विवादः ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला 

अखबार दैनिक
आइतबार, फागुन २३ २०७७
  • नेकपा नाम विवादः ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला 

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । 

    images

    आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । 

    सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको सर्वोच्च अदालतको स्रोतले जनाएको छ । 

    निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

    त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ