शुक्रबार, असोज ४ गते २०८१

प्रतिनिधिसभाः आजबाट हिउँदे अधिवेशन सुरु हुँदै 

प्रतिनिधिसभाः आजबाट हिउँदे अधिवेशन सुरु हुँदै 

अखबार दैनिक
आइतबार, फागुन २३ २०७७
  • प्रतिनिधिसभाः आजबाट हिउँदे अधिवेशन सुरु हुँदै 


    काठमाडौँ । प्रतिनिधिसभाको  हिउँदे अधिवेशन आज अपराह्नबाट सुरु हुँदै छ । 

    images

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि हिउँदे अधिवेशन पहिलोपटक बस्न लागेको हो ।

    आजको बैठकमा प्रचण्ड(नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि संसद भवनको सुरक्षा कडा बनाइएको छ । 

    दुवै समूह सत्तापक्षकै बेन्चमा बस्ने भएपछि अवस्था जे पनि हुन सक्ने आकलन गर्दै संसद सचिवालयले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताएको छ ।

    आजको बैठकमा प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएपछि ओली समूह पनि भिड्ने मनस्थितीमा पुगेको छ । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्पष्ट नीति तय गर्न नसक्दा अवस्था जटिल र अन्योलतातर्फ धकेलिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ