शुक्रबार, असोज ४ गते २०८१

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, प्रधानमन्त्री ओलीद्वारा अवलोकन

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, प्रधानमन्त्री ओलीद्वारा अवलोकन

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, प्रधानमन्त्री ओलीद्वारा अवलोकन

    वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ आइपुगेको छ ।

    images

    सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी आज (शनिबार) काठमाडौँको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन् । बर्षौ देखिको योजना सफल भएको विशेष दिन प्रधानमन्त्री केपी शर्मा आलीले सुन्दरीजलको अवलोकन पनि गरेका छन् ।

    मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

    अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाडौँमा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ