शुक्रबार, असोज ४ गते २०८१

सहसचिव उप्रेती पाँच लाख धरौटीमा रिहा

सहसचिव उप्रेती पाँच लाख धरौटीमा रिहा

अखबार दैनिक
बुधबार, फागुन १९ २०७७
  • सहसचिव उप्रेती पाँच लाख धरौटीमा रिहा

    ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक(सहसचिव) अशोकनाथ उप्रेती पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    images

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरू शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उप्रेतीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाएर उनी बुधवार रिहा भएका छन्। उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

    ललिता निवासको जग्गा हिनामिना गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ र अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमध्ये एक सय १० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने भन्दै प्रतिवादी बनाइएको छ।

    बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा उनीहरूको संलग्नता रहेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ