शुक्रबार, जेठ ४ गते २०८१

ताप्लेजुङको दोभान बजारमा आगलागी, झण्डै ४० घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी, झण्डै ४० घर जलेर नष्ट

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • ताप्लेजुङको दोभान बजारमा आगलागी, झण्डै ४० घर जलेर नष्ट

    काठमाडौं, १८ फागुन । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । मेरिङदो गाउँपालिका वडा नम्बर ३ स्थित बजारमा विहान ९ बजेदखि आगो लागिरहेको छ ।
    ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बालरनसिंह राणाकाअनुसार अहिलेसम्म झण्डै ४० घर जलेर नष्ट भएको छ ।

    images

    आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारीले बताइन् । उनकाअनुसर आगो निभाउन दमकल परिचालन गरिएको छ ।

    ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार सदरमुकाम फुङलिङदेखि डेढ घन्टा टाढा पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ