शुक्रबार, असोज ४ गते २०८१

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःथापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।

    images

    फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ।

    प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ