शुक्रबार, असोज ४ गते २०८१

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

अखबार दैनिक
बुधबार, फागुन १२ २०७७
  • प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

    सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

    images

    आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

    यसअघि प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

    सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ